राजनीति

बागमती प्रदेश : कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान जारी

बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि मतदान भइरहेको छ । बागमतीमा कांग्रेसको ३७ जना सांसद रहेको र नेता निर्वाचित हुन कम्तीमा १९ सांसद आवश्यक पर्नेछ ।  

संसदीय दलको नेता बन्न बागमती प्रदेश सभापति इन्द्रबहादुर बानिया र वर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा प्रतिस्पर्धामा छन् ।  

लामाविरुद्धको अविश्वासको प्रस्ताव मंगलबार पारित भएपछि नयाँ नेता चयनका लागि मतदान भएको हो । प्रस्तावको पक्षमा २२ र विपक्षमा १५ मत परेको थियो ।  

लामा पुन: दलको नेतामा निर्वाचित भए मुख्यमन्त्रीमा कायम रहनेछन् । पराजित भए संसदीय दलकाे नेता मुख्यमन्त्री बन्ने प्रावधानका कारण राजीनामा दिनु पर्नेछ । 

प्रकाशित: १४ श्रावण २०८२ १४:४४ बुधबार