प्रतिनिधिसभाको बैठकमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर फर्किएका महोत्तरीका तीन विद्यार्थीको सवारी दुर्घटनामा निधन भएको विषयमा ध्यानाकर्षण गराइएको छ।
बुधबार बैठककाे आकस्मिक समयमा सांसद समिना मियाँले जलेश्वर–बर्दिबास सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा निधन भएको विषयमा दुःख व्यक्त गरिन्।
उनले यस्ता घटना हुन नदिन सडक सुरक्षा, सचेतना, ट्राफिक नियमको कडाइपूर्ण पालना र शीघ्र उद्धार प्रबन्धको योजना बनाउन माग गरिन्। यस्तै, उनले घाइतेहरूको निःशुल्क उपचारका लागि पनि आग्रह गरिन्।
जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा गाउँमा मंगलबार दुई मोटरसाइकल एकापसमा ठोक्किएर आगलागी हुँदा तीन विद्यार्थीको जलेर मृत्यु भएको थियो ।
प्रकाशित: २५ चैत्र २०८२ १४:१६ बुधबार