राजनीति

रास्वपाको सहमहामन्त्रीमा असिम शाहको उम्मेदवारी, प्रस्तावक स्वास्थ्यमन्त्री निशा मेहेता

प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहका/ असिम शाहले रास्वपाका सह-महामन्त्री पदमा उम्मेदवारी दिएका छन्। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका क्रममा शाहले सह-महामन्त्री पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

पार्टी संगठनलाई सुदृढ बनाउने, वैकल्पिक राजनीतिलाई थप प्रभावकारी बनाउने तथा आन्दोलनका एजेन्डालाई संस्थागत गर्ने प्रतिबद्धतासहित उनले उम्मेदवारी दिएका हुन्। शाहको उम्मेदवारीमा स्वास्थ्यमन्त्री निशा मेहेताले प्रस्तावकको भूमिका निर्वाह गरेकी छन् भने ज्ञानेन्द्र मल्ल समर्थक रहेका छन्।

जेनजी आन्दोलनपछि देखिएको राजनीतिक परिवर्तनका क्रममा काठमाडौं महानगरपालिकाका तत्कालीन मेयर बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकार्यको वातावरण बनाउन असिम शाहले महत्वपूर्ण भूमिका खेलेका थिए। हाल उनी प्रधानमन्त्रीले गठन गरेको संविधान संशोधन सुझाव कार्यदलका प्रमुख पनि हुन्।

प्रकाशित: १२ असार २०८३ ११:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App