धादिङ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार आसिका तामाङ भारी मतान्तरसहित विजयी भएकी छन्। पुराना दलका प्रभावशाली ‘हेविवेट’ नेताहरूलाई पछि पार्दै तामाङले फराकिलो जित निकालेकी हुन्।
अन्तिम मतपरिणामअनुसार तामाङले ३९ हजार १ सय २८ मत प्राप्त गरेकी छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भूमिप्रसाद त्रिपाठीले १५ हजार ३१ मत ल्याए। तामाङ र त्रिपाठीबीच २४ हजार ९७ मतको फराकिलो अन्तर कायम भएको छ।
राजेन्द्रप्रसाद पाण्डे तेस्रो स्थानमा सीमित भए। उनले १४ हजार ७ सय ९ मत मात्र प्राप्त गरे।
त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार कृष्ण रिजालले १० हजार ८० मत ल्याएर चित्त बुझाएका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका गीताप्रसाद आचार्यले ९ सय ३४ मत पाइन्।
प्रकाशित: २४ फाल्गुन २०८२ ००:२७ आइतबार