राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले संसद् भवनमा चप्पल चुडिएपछि आफूलाई परेको रमाइलो अनुभव साझा गरकी छन्।
उनले सोमबार सदन पुगेपछि बाथरूमतर्फ जाँदै गर्दा सुरुमा एउटा चप्पल चुडिएको बताइन्। त्यसपछि मर्यादापालकले उनलाई खिप दिएर चप्पल गाँस्न सहयोग गरेका थिए। तर, केही पर पुग्नासाथ अर्को चप्पल पनि चुडिएपछि आफू थप समस्यामा परेको बताइन्।
घटनालाई हास्यात्मक शैलीमा प्रस्तुत गर्दै तामाङले सोमबारको दिन भएकाले भगवान् शिवले आफूलाई ‘आज व्रत मात्र होइन, चप्पल पनि नलगा’ भन्नुभएको हुनसक्ने बताएकी छन्।
सदन आइपुगेर बाथरुम जाँदै थिए पहिले एउटा चप्पल चुड्यो अनि मर्यादापालक ज्यु ले एउटा खिप दिनु भो खिपले गासेर अनि पर पुग्दै थिए फेरि अर्को चप्पल पनि चुँडयो। आज सोमबार भएर होला भगवान शिवले तेरो आज ब्रत मात्र होइन चप्पल पनि नलगा भन्नू भाको,' उनले सामानजिक सञ्जालमा लेखेकी छन्।
प्रकाशित: ८ भाद्र २०८३ १३:२१ सोमबार