राजनीति

कलाकार पोखरेल भन्छन् प्रधानमन्त्री बालेन्द्रसँग हैन ‘बिचौलियाको नयाँ सेट’ सँग खतरा छ

कलाकार राजाराम पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहका वरिपरिका सल्लाहकार, आसेपासे र बिचौलियाको प्रभावका कारण गल्ती हुनसक्ने बताएका छन्। 

सामाजिक सञ्जालमा लेख्दै उनले प्रधानमन्त्री बालेन्द्रबाट गल्ती नहुने विश्वास गरे पनि वास्तविक चुनौती उनको वरिपरि रहेका व्यक्तिहरूबाट हुने बताएका हुन्। 

उनले ई–पासपोर्ट छपाइ प्रक्रियालाई उदाहरणका रूपमा लिदैँ जर्मन कम्पनीसँगको सम्झौता तोडेर फ्रान्सेली कम्पनीलाई ठेक्का लगाउने उद्देश्यले प्रधानमन्त्रीका सल्लाहकार र आसेपासेमार्फत ठूलो चलखेल भएको संकेत सार्वजनिक भएको बताएका छन्।

पोखरेलका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तथा परराष्ट्रमन्त्री शिशिर खनालको तत्कालको लागि उक्त प्रकृया रोकेको दाबी गरेका छन्। उनले जर्मन सरकारको स्वामित्व रहेको कम्पनीसँगको सम्बन्ध बिग्रिन नदिएको र नेपाल–जर्मनी सम्बन्धमा सम्भावित असर पर्नबाट जोगिएको भन्दै सभापति लामिछानेले आफ्नोपरिपक्वता र जिम्मेवारीबोध देखाएको समेत बताएका छन्।    

पोखरेलले प्रधानमन्त्री शाह व्यक्तिगत रूपमा राम्रो भएपनि  उनलाई वरिपरिबाट घेरेर बसेका मानिस र ‘बिचौलियाको नयाँ सेट’ ले उनी मार्फत पनि गल्ती गराइन सक्ने बताएका छन्। 

उनले वर्तमान समयमा सरकारको नेतृत्वभन्दा पनि नेतृत्वलाई घेरिरहेका व्यक्तिहरूमाथि नागरिकले समेत निगरानी राख्नुपर्ने बताएका छन्।  

प्रकाशित: १७ असार २०८३ १३:११ बुधबार