पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखक लाई शनिबार बिहान गरिएको गिरफ्तारी गैरकानुनी र गैरसंवैधानिक भएको अधिवक्ता टिकाराम भट्टराईले बताएका छन्।
कानुनले तोकेको विधि र प्रक्रियाको पालना नगरी दुवै नेतालाई पक्राउ गरेको उनको भनाई छ । उनले भने, ‘सामान्यतया कुनै पनि नागरिकलाई सूर्य उदाएपछि र सूर्यास्त अघि मात्रै पक्राउ गर्न पाइन्छ। तर उहाँहरूलाई सूर्य उदाउनु अघि नै गिरफ्तार गरिएको छ, जुन प्रक्रियाविपरीत हो।’
उनले थपे, गिरफ्तारीका लागि जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी हुनुपर्ने कानुनी व्यवस्था भए पनि त्यसको पालना गरिएको देखिँदैन। यद्यपि कानुनमा ‘जरुरी पक्राउ पुर्जी’ को व्यवस्था रहेको बताउँदै उनले त्यस्तो अवस्था विशेष परिस्थितिमा मात्र लागू हुने बताए।
‘जरुरी पक्राउ पुर्जी त्यतिबेला प्रयोग गरिन्छ, जब सम्बन्धित व्यक्ति भाग्ने सम्भावना हुन्छ वा प्रमाण नष्ट गर्ने जोखिम हुन्छ। तर यहाँ त्यस्तो कुनै अवस्था देखिँदैन,’ उनले भने।
प्रकाशित: १४ चैत्र २०८२ १५:२४ शनिबार