'राष्ट्रिय जेनजी पार्टी नेपाल' नामको दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको छ। पार्टीको चुनाव चिह्न ‘क्रस खुकुरी’ राखिएको छ।
हीराप्रसाद सेती उर्फ किरण विक अध्यक्ष रहेको दलमा प्रारम्भिक केन्द्रीय समितिमा २१ जना सदस्य रहेको दल दर्ताको निवेदनमा उल्लेख छ। दलको केन्द्रीय कार्यालय काठमाडौंको अनामनगरमा राखिएको छ।
पार्टीमा मुना विक उपाध्यक्ष, गोपाल आचार्य महासचिव तथा सञ्जु नेपाली, मोहम्मद आयातुल्ला रहमान र होम श्रेष्ठ सचिव रहेका छन्।
साथै युवा नेतृत्व, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, वातावरणवाद, यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकार र गणतन्त्रलाई पार्टीका आधार स्तम्भका रूपमा उल्लेख गरिएको छ।
प्रकाशित: ३ कार्तिक २०८२ १२:४७ सोमबार