राजनीति

माओवादीसँगको एकतामा रुष्ट घनश्याम पार्टी पुनर्गठनमा लाग्ने

फाइल तस्बिर

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल पार्टीको पुनर्गठनमा लाग्ने भएका छन् । कम्युनिष्ट एकता प्रक्रियाबाट अलग भएकाका उनले पार्टी पुनर्गठनमा लाग्ने घोषणा गरे ।  

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भुसालले पार्टी नेतृत्वकै कारणले कम्युनिष्ट आन्दोलक तीब्र अराजनीतिकरण भएको आरोप लगाए । नेतृत्वले नै पार्टीलाई दक्षिणपन्थी र अवसरवादी बनाउँदै लगेको आरोप लगाउँदै उनले अहिलेको एकता प्रक्रियामा समाहित हुन नसकिने बताए ।  

अहिलेको अवस्थामा इमानदार क्रान्तिकारीहरूले नयाँ पहलकदमीका लागि तयार हुनुपर्ने बताउँदै उनले तथाकथित एकताको भ्रममा नपर्न सुझाएका थिए ।  

उनले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने बताउँदै उनले तयारीमा लाग्न आग्रह गरेका छन् । 

प्रकाशित: १९ कार्तिक २०८२ १४:५५ बुधबार