राजनीतिक विश्लेषक सुबोधराज प्याकुरेलले जेन–जी आन्दोलनका क्रममा नेपाली सेनाको भूमिका सन्देहात्मक रहेको टिप्पणी गरेका छन्। बुधबार नागरिक फ्रन्टलाइनमा बोल्दै प्याकुरेलले यस्तो बताएका हुन्।
‘केही कुरा सन्देहात्मक भएको छ। जस्तो सिंहदरबारभित्र त नेपाल सरकारले दमकलै दिएको थियो नि। भन्न त प्रधानसेनापतिले भन्नुहुन्छ–हामीले रोक्न खोजेको भए झनै विध्वंस हुन्थ्यो,’ प्याकुरेलले भने, ‘म त्यसलाई किन मान्दिनँ भने आन्दोलनकारीले सेनालाई बहुतै सम्मान गरेको हामीले देखेका छौँ।’
सिंहदरबार जल्नुअगाडि एक दुई ठाउँमा सेनालाई प्रदर्शनकारीले ढोगेको पनि देखिएको उनले बताए। ‘सेनाले तपाईँहरू अगाडि नबढ्नुस् है यो भन्दा, जुलुस गर्नुस्, नारा गर्नुस् यही बसेर भनेको भए यसलाई रोक्न सक्थ्यो,’ प्याकुरेलले भने।
सेनाले दमकल ल्याएको भए प्रदर्शनकारीले रोक्ने अवस्था नरहेको पनि उनले दाबी गरे। उनले भने, ‘त्यहाँ कतिपय मानिस दमकल ल्याऊ न, दमकल ल्याऊ न भनेर कराएका छन्, आन्दोलनकारी नै। यही भएको दमकल चलाऊ हामी बसिदिन्छौँ भनेका पनि छन्।’
राष्ट्रपति कार्यालयमा पनि बढीमा ५०÷६० जना मात्रै गएर जलाएको उनले दाबी गरे। ‘म त्यहाँ नजिकै बस्छु, बढीमा ६०÷६५ जना मान्छे थिए होला, उनीहरूले ढोका ढकढक्याए। भित्र गए, सेनाले खुरुक्क मैदान खाली ग¥यो,’ उनले भने।
प्रकाशित: २२ आश्विन २०८२ १९:४४ बुधबार