राजनीति

बालेन्द्रको मन्त्रिमण्डलबाट अमरेश बाहिरिए

नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको मन्त्रिपरिषद्‍बाट अमरेश कुमार सिंहको नाम काटिएको छ। जानकारी अनुसार सिंहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बन्न अस्वीकार गरेका हुन्।

अमरेश बाहिरिएपछि प्रधानमन्त्री बालेनले रक्षासँगै उद्योग मन्त्रालय पनि आफैँसँग राखेका छन्। 

सिंह नेपाली कांग्रेसका सभापति गगन कुमार थापालाई सर्लाही क्षेत्र नम्बर ४ बाट हराएर प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। 

प्रकाशित: १३ चैत्र २०८२ १२:१७ शुक्रबार