राजनीति

सर्लाही-४ अग्रता बढाउँदै अमरेश, २८ सय मतले पछि परे गगन

सर्लाही क्षेत्र नम्बर-४ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार अमरेश कुमार सिंहले आफ्नो अग्रता कायमै राखेका छन्।

पछिल्लो मतपरिणाम अनुसार उनले नेपाली कांग्रेसका उमेदवार गगन थापालाई पछाडि पारेका हुन्।

शनिबार बिहान १:३० बजे सार्वजनिक गरिएको अपडेट अनुसार रास्वपाका उम्मेदवार सिंहले ७ हजार २ सय ५२ मत प्राप्त गरेका छन्।

दोस्रो स्थानमा रहेका कांग्रेसका उम्मेदवार थापाले ४ हजार ४ सय ४४ मत मात्र पाएका छन्।

यी दुई उम्मेदवारबीचको मतान्तर २ हजार ८ सय ८ रहेको छ।

प्रारम्भिक चरणदेखि नै सिंहले अग्रता लिएकाले यस क्षेत्रमा कांग्रेसका सभापित समेत रहेका नेता थापालाई चुनौती थपिएको छ।

त्यसैगरी, यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका उम्मेदवार अमनिश कुमार यादव तेस्रो स्थानमा छन्। उनले १ हजार २ सय ८३ मत प्राप्त गरेका छन्।

जनमत पार्टीका राकेश मिश्राले ४ सय ८६, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का डा. रजनिश रायले ३ सय ९५ र जनता समाजवादी पार्टी (जसपा) का रामेश्वर राय यादवले जम्मा २० मत हासिल गरेका छन्।

प्रकाशित: २३ फाल्गुन २०८२ ०२:११ शनिबार