राजनीति

संविधान दिवसमा अमेरिकाको शुभकामना : बाढीपछि पुनर्स्थापनामा सहयोग गर्ने प्रतिबद्धता

फाइल तस्बिर

संविधान दिवसका अवसरमा अमेरिकाले नेपाली जनतालाई शुभकामना दिएको छ।

अमेरिकी विदेश सचिव मार्को रुबियोले संविधान दिवसका अवसरमा अमेरिकाको तर्फबाट शुभकामना दिएका हुन्। नेपालस्थित अमेरिकी दूतावासले रुबियोको सन्देश सार्वजनिक गरेको छ।

उनको सन्देशमा हालैको भोटेकोशी बाढीबाट प्रभावित परिवार र समुदायप्रति अमेरिकाले सहानुभूति व्यक्त गरेको छ। रुबियोले खोजी, उद्धार तथा पुनर्स्थापनाका काम जारी रहेकाले नेपालसँगै रहेर पुनर्स्थापना प्रयासमा सहयोग गर्न अमेरिका प्रतिबद्ध रहेको उल्लेख गरे। 

उनले अमेरिका र नेपालको सम्बन्ध करिब ८० वर्ष पुरानो रहेको उल्लेख गर्दै उनले व्यापार, नवप्रवर्तन र लगानीका क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबिचको सम्बन्ध थप बलियो बनाउने बताएका छन्।

May be an image of text

प्रकाशित: ३ आश्विन २०८३ ०८:३९ शनिबार