राजनीति

संसद् स्थगित भए पनि आज चार संसदीय समितिका बैठक बस्दै

केही दिनका लागि संघीय संसद्का दुवै सदनका बैठक नभए पनि आज चार संसदीय समितिका बैठक हुँदैछन्।

आज कानुन, न्याय तथा मानवअधिकार समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति, संघीयता सुदृढीकरण तथा राष्ट्रिय सरोकार समिति र राज्यका निर्देशक सिद्धान्त नीति र दायित्वको अनुगमन तथा मूल्यांकन (संयुक्त) समितिको बैठक हुँदैछ।

राष्ट्रियसभा र प्रतिनिधिसभाका बैठक क्रमशः साउन ६ र ७ गते हुँदैछन्।

प्रकाशित: ३२ असार २०८२ ०७:१६ बुधबार

#NagarikNews #NepaliNews