नेपाल सरकारले अवैध रूपमा सञ्चालित अनलाइन सट्टेबाजी (बेटिङ) बन्द गर्ने भएको छ।
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमार्फत सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप र वेबसाइटहरूलाई २४ घण्टाभित्रै पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।
अवैध आर्थिक कारोबार र पुँजी पलायनलाई रोक्ने उद्देश्यले सरकारले यस्तो कदम उठाएको बताएको छ। कार्यसूचीको ४२ नम्बर बुँदामा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजी एप (बेटिङ एप) र त्यससम्बन्धी वेबसाइट २४ घण्टाभित्र बन्द गर्न निर्देशन दिइएको छ।
युवा पुस्तालाई कुलतमा फसाउने र अर्थतन्त्रमा गम्भीर असर पुर्याउने यस्ता गतिविधिमाथि सरकारले शून्य सहनशीलता अपनाउने चेतावनी दिएको छ।
प्रकाशित: १४ चैत्र २०८२ २२:११ शनिबार


