राजनीति

अध्यक्ष घुस प्रकरणमा मुछिएपछि नाउपामा कार्यवाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई

नागरिक उन्मुक्ति पार्टी (नाउपा) को कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष शिव बास्तोलाले पाएका छन् ।

पोखराको जग्गा प्रकरणमा मुछिएकी अध्यक्ष रञ्जिता श्रेष्ठले कार्वाहक अध्यक्षको जिम्मेवारी बास्तोलालाई दिएकी हुन् । 

जग्गाको घुस डिल प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रेष्ठसँग सोधपुछ गरेको छ भने जग्गा प्रकरणमा अनुसन्धान भइरहेको छ । पोखराको लिचीबारी जग्गासम्बन्धी घुस डिल प्रकरणमा उनको नाम जोडिएपछि अख्त्यिारले उनको स्वर परीक्षण गरेको थियो ।

सोही प्रकरणमा मुछिएपछि तत्कालिन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले गत असार ३१ गते पदबाट राजीनामा दिएका थिए।

प्रकाशित: ११ श्रावण २०८२ १७:०९ आइतबार

#NagarikNews