राजनीति

एकता अनुमोदनपछि माओवादीले भन्यो: देश अब समृद्धिको बाटोमा जान्छ

नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले अब देश समृद्धि र स्वतन्त्रताको बाटोमा अघि बढेको दाबी गरेका छन्। नेकपा एकीकृत समाजवादीलगायतका आठ दलसँगको एकता सहमति अनुमोदन गर्न मंगलबार बसेको बैठकपछि पत्रकारसँग कुराकानी गर्दै सापकोटाले यस्तो बताएका हुन्। 

‘आज हामीले बैठक ग¥यौं, भोलि एकता सम्मेलन हुँदै छ। हामी बृहत् वाममोर्चा नै बनाउँदै छौँ,’ सापकोटाले भने, ‘त्यसले चाहिँ फेरि नेपाली जनताले अहिलेसम्म राजनीतिक परिवर्तन त भयो, जनताको जीवनमा किन परिवर्तन भएन भन्ने कुरा उठाइरहनुभएको छ।’ 

समाजवादको नैसर्गिक मान्यता भनेको स्वतन्त्रता, न्याय र समृद्धि रहेको उनले बताए। उनले भने, ‘समाजवाद भनेको गरिबी होइन। समृद्धिको दिशातिर जानका लागि अहिलेसम्म हामीले जे उतारचढाव, घुम्ती, मोडहरू, ठुलठुला चरण पार ग¥यौं।’ 

अब भने समृद्धि र स्वतन्त्रताको बाटोमा अगाडि बढाउने बेला आएको उनले बताए। ‘अब चाहिँ मलाई के लाग्छ भने देश समृद्धि र स्वतन्त्रताको बाटोतर्फ अगाडि जान्छ,’ प्रवक्ता सापकोटाले भने।  

प्रकाशित: १८ कार्तिक २०८२ १६:५९ मंगलबार