प्रतिनिधि सभाको बैठकमा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले कांग्रेस एमालेका सांसदहरूले खाली कागजमा सही गरेको भन्दै धिक्कार होस् भन्दै कटाक्ष गरेकी छन्।
सत्तारूढ दल कांग्रेस र एमालेले उपसभामुख इन्दिरा रानालाई हटाउन सांसदलाई खाली पानामा हस्ताक्षर गराएको भन्दै धिक्कारेकी थिइन्।
यस लगत्तै एमालेका सांसद सूर्य थापाले राप्रपा सांसद कार्की गालीगलौजमा उत्रिएको भन्दै उनको भनाइ रेकर्डबाट हटाउन माग गरे।
यस क्रममा केही बेर राप्रपा र एमाले सांसदबिच नोँकझोक चल्यो।
प्रकाशित: ४ भाद्र २०८२ १४:१४ बुधबार