नेपाली कांग्रेसका सांसद भरत खड्का संसद बैठककै क्रममा ढलेका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद सोम शर्माले आफ्नो कुरा राख्दै गर्दा सांसद खड्का लडेका हुन्।
उनी कुर्सीमा बसिरहेका बेला एकाएक लडेपछि कांग्रेस सांसदहरू उनलाई उठाउन कुदेका थिए। त्यसपछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्मामा बिचमा रोकेका थिए।
उनको अहिले संसद भवनमै रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको संसद् सचिवालयले जनाएको छ। उनमा ब्लड प्रेसर हाई देखिएको सचिवालयले जनाएको छ।
प्रकाशित: १८ भाद्र २०८३ १५:०७ बिहीबार