नेकपा एमाले को ११ औं महाधिवेशनमा निर्वाचन प्रक्रियामा सहभागी हुन नपाएका नेता घनश्याम कोइरालाले सार्वजनिक रूपमा आत्मालोचना गरेका छन्। मतदानको समय र प्रक्रियामा ढिलाइ हुँदा आफू समयमै पुग्न नसकेको स्वीकार गर्दै उनले सामाजिक सञ्जालमा आत्मालोचना गरेका छन् ।
‘केही साथीहरूलाई समय सङ्केत गर्न अनुरोध गरेर राति घर गएको थिएँ । बिहानै पुग्दापुग्दै ढिलो भयो । मतदान सकियो भन्ने सूचना भएपछि बाटोबाटै घर फर्किएँ । भएको यही हो । गल्ती भएकै हो । लज्जित र आत्मालोचित छु।’ सामाजिक सञ्जालमा लेखेका छन् । एमाले महाधिवेशनमा नेतृत्व चयनका लागि भएको विद्युतीय मतदान प्रक्रियामा ३६ प्रतिनिधिहरू मतदानबाट वञ्चित भएका थिए।
प्रकाशित: ३ पुस २०८२ ०८:०९ बिहीबार