प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजबिच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको साइडलाइनमा न्युयोर्कमा भएको भेटमा अल्बानिजले बाढीबाट प्रभावित नेपालप्रति सहानुभूति व्यक्त गर्दै राहत र पुनर्निर्माणमा अस्ट्रेलिया नेपालसँगै रहेको बताएका छन्।
भेटमा उनले बाढीबाट प्रभावित परिवारप्रति समवेदना व्यक्त गर्दै नेपालमा अस्ट्रेलियाले गरिरहेको सहयोगबारे जानकारी गराएका थिए। अल्बानिजले बाढीपछि अझै सम्पर्कविहीन रहेका अस्ट्रेलियाली नागरिकका परिवार र आफन्तप्रति पनि सहानुभूति व्यक्त गरेको जानकारी गराए।
‘आवश्यकता रहेको ठाउँमा सहयोग पुर्याउन हामी नेपालसँग मिलेर काम गरिरहनेछौँ,’ उनले सामाजिक सञ्जालमा शाहसँगको तस्बिर राख्दै भनेका छन्।
प्रकाशित: ९ आश्विन २०८३ ०८:०७ शुक्रबार