राजनीति

आफ्नै निवासबाट पक्राउ परेपछि ओलीले भने: ‘प्रतिशोधपूर्ण’ घटना

पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आफ्नै निवासबाट पक्राउ परेका छन्। उनले आफूलाई पक्राउ गर्नु प्रतिशोधपूर्ण भएको बताएका छन्।

सूर्यविनायक नगरपालिका-७ गुण्डुस्थित भाडाको घरमा बस्दै आएका ओलीलाई आज बिहानै प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक खड्काको कमाण्डमा खटिएको टोली आज बिहान ५:०० बजे गुण्डु पुगेको थियो। ओलीलाई पक्राउ गरी काठमाडौं लगिएको उनले जानकारी दिए।

प्रकाशित: १४ चैत्र २०८२ ०७:०० शनिबार