नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले न्याय, सत्य र जवाफदेहिताका लागि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
उनले छानबिन आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि नभई सत्य र न्याय स्थापित गर्न आवश्यक रहेको बताएका हुन्।
भण्डारीले सामाजिक सञ्जालमार्फत कांग्रेस विधिको शासन र निष्पक्षताको पक्षमा रहेको उल्लेख गरेका छन्।
‘छानबिन गर! प्रश्न आनन्द, प्रतिशोध वा पूर्वाग्रहका लागि होइन—न्याय, सत्य र जवाफदेहिताका लागि हो,’ उनले भनेका छन्।
उनले बिचौलियाहरू पनि राज्यकै नियमन र नियन्त्रणभित्र रहने भन्दै सम्बन्धित निकायले आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताएका छन्।
‘हामी विधिको शासन र निष्पक्षताको पक्षमा छौँ। बिचौलिया पनि राज्यकै नियमन र नियन्त्रणभित्र छन्। दिएको जिम्मेवारी पूरा गर, परिणाम देऊ, विषयान्तर होइन,’ भण्डारीले भनेका छन्।
प्रकाशित: १७ कार्तिक २०८३ ०८:३० मंगलबार