प्रधानमन्त्री बालेन्द्र शाह डेढ महिनापछि मंगलबार प्रतिनिधिसभाको बैठकमा उपस्थित भएका छन्।
प्रधानमन्त्री शाह यसअघि गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा सहभागी भएका थिए। त्यतिबेला सांसदहरूसँगको प्रश्नोत्तरका क्रममा उनले ‘नेपालले पनि भारतको जमिन मिचेको छ’ भन्ने अभिव्यक्ति दिएका थिए। उक्त भनाइपछि विपक्षी दलका सांसदहरूले विरोध गर्दै आएका छन्।
विपक्षी सांसदहरूले प्रधानमन्त्रीको उक्त अभिव्यक्तिले नेपालको राष्ट्रिय हित र सीमा सम्बन्धी संवेदनशील विषयमा अन्योल सिर्जना गरेको भन्दै संसद्मै आएर स्पष्टिकरण दिन र आवश्यक परे भनाइ सच्याउन माग गर्दै आएका छन्।
प्रतिनिधिसभामा सांसद ज्ञानेन्द्र शाहीसहित अन्य सांसदहरूले पनि प्रधानमन्त्रीको ‘नेपालले पनि भारतको सीमा मिचेको छ’ भन्ने भनाइप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्ति सच्याउनुपर्ने माग गर्दै आएका छन्।
प्रकाशित: ३० असार २०८३ १३:५८ मंगलबार