राजनीति

नागरिक उड्डयन प्राधिकरणको अतिरिक्त जिम्मेवारी सहसचिव डंगोललाई

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीविरुद्धको भ्रष्टाचार मुद्दा दायर भएपछि पर्यटन मन्त्रालयका सहसचिव मुकेश डंगोललाई अतिरिक्त जिम्मेवारी दिइएको छ। पर्यटन मन्त्रालयले शुक्रबार दिउँसो डंगोललाई अतिरिक्त जिम्मेवारी दिइएको हो।  

प्राधिकरणमा रहेका वरिष्ठ कर्मचारीहरूलाई पन्छाएर मन्त्रालयबाट सिधै महानिर्देशकको जिम्मेवारी दिइएको हो। अधिकारीलाई बुधबार मात्रै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो। प्राधिकरणको १२ औ तहमा अहिले प्रतावबाबु तिवारी रहेका छन्। वरियता क्रम अनुसार अहिले उनी नियुक्ति हुने अवस्था छ। उनीपछि प्रेमनाथ ठाकुर, देवचन्द्र कर्ण, हंसराज पाण्डे र जगन्नाथ निरौला रहेका छन्।  

निलम्बित महानिर्देशक अधिकारीको शुक्रबार थुनछेक बहस हुन सकेन। विशेष अदालतमा शुक्रबार उनको बयान भएकोमा थुनछेक बहसका क्रममा न्यायाधीशले मुद्दा हेर्न नमिल्ने प्रश्न उठेपछि सुनुवाइ स्थगित भएको हो। त्यसपछि इजलासले मुद्दालाई आइतबार पेश गर्न आदेश दिएको छ।

प्रकाशित: १९ मंसिर २०८२ १७:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App