राजनीति

अभिनेत्री केकी अधिकारी भन्छिन्- सस्तो स्टन्टले देश बन्दैन

नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री केकी अधिकारीले सरकारको काम गर्ने शैलीप्रति असन्तुष्टि जनाएकी छन्।

सामाजिक सञ्जाल फेसबुकमा सोमबार साँझ एक पोस्ट राख्दै उनले सस्तो स्टन्टले देश नबन्ने भन्दै असन्तुष्टि पोखेकी हुन्।

अभिनेत्री अधिकारीले सरकारलाई देखावटी प्रचारबाजी छाडेर जनताका लागि रोजगारी सिर्जना गर्नेतर्फ केन्द्रित हुन र त्यसको दैनिक विवरण सार्वजनिक गर्न चुनौती दिइन्।

अब जनताले प्रश्न सोध्ने बेला आइसकेको उनको भनाइ छ।

‘हरेक दिन कतिवटा रोजगारी सिर्जना गर्न सकियो ? कतिले रोजगारी पाए ? अब जनताले सोध्ने दिन आए,’ फेसबुकमा उनले लेखेकी छन्, ‘खै रोजगारीको प्रत्येक दिनको उपलब्धिको लिस्ट राखौं बरु। त्यस्तो स्टन्टले चाहिँ पक्कै देश बन्ला। जनताको निराशा पनि पक्कै हटेर जाला।’

उनले सस्तो स्टन्टबाजीले भन्दा वास्तविक कामले मात्र देश समृद्ध बन्ने बताइन्।

प्रकाशित: २९ असार २०८३ २१:११ सोमबार