राजनीति

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिलाई गैरजिम्मेवारः उपमहासचिव ज्ञवाली

नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले कार्यवाहक प्रमुख निर्वाचन आयोगका अध्यक्ष रामप्रसाद भण्डारीको अभिव्यक्तिलाई  गैरजिम्मेवार भनेका छन्।  

आयोग प्रमुखले दिएको अभिव्यक्ति ‘राजनीतिक उद्देश्य सहितको सशस्त्र द्वन्द्व अन्त्यका विशेष व्यवस्थासँग आपराधिक लुटपाटका घटनासँग तुलना गर्ने’ भएकाले हास्यास्पद रहेको बताए।

आयोग प्रमुखले ‘हजारौँ लडाकु र हतियार बाहिरै राखेर निर्वाचन गराएको मुलुकमा केही थान हतियार बाहिर भएकै कारण निर्वाचन हुन सक्दैन’ भन्ने प्रतिक्रियालाई स्वीकार्य  गर्न सकिन्न,’ ज्ञवालीले  सामाजिक सन्जालमा उल्लेख गरेका छन्।  

माओवादीका हतियारहरूलाई कण्टेनरमा दुईवटा चाबी सहित सुरक्षित गरिएको, र २८ वटा शिविरमा माओवादी लडाकुहरूलाई सीमित गरी अनमिनको निगरानीमा राखिएको तथ्य आयोग प्रमुखले थाहा पाउनु पर्ने ज्ञवालीले बताए।  

संविधान सभाको पहिला निर्वाचनमा हतियार र लडाकु दुवैको दुरुपयोगका घटनाहरू भए तापनि हालको विशेष व्यवस्थालाई त्यस्तै घटनासँग तुलना गर्नु अन्यायपूर्ण र राजनीतिक उद्देश्यले प्रेरित टिप्पणी ठहर गरिएको ज्ञवालीको ठहर छ।

प्रकाशित: १० मंसिर २०८२ १०:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App