ताप्लेजुङमा दिउँसो २ बजे सम्म करिब ४३ प्रतिशत मतदान भएको छ।
जिल्लामा १७,८९६ महिला र २०,६२८ पुरुष गरी कुल ३८ हजार ५ सय ५४ जनाले मतदान गरिसकेका निर्वाचन आयोगले जनाएको छ।
१२७ मतदान केन्द्र रहेको जिल्लामा ९० हजार ३ सय सत्ताइस मतदाता रहेका छन्।
प्रकाशित: २१ फाल्गुन २०८२ १४:३९ बिहीबार