पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल रिहाइको माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर भएको छ।
ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित उनकी पत्नी राधिका शाक्यले उक्त रिट निवेदन दर्ता गराएकी हुन्।
सर्वोच्चका सहायक प्रवक्ता निराजन पाण्डेका अनुसार आइतबार शाक्य आफैंले सर्वोच्च पुगेर ओलीलाई तत्काल थुनामुक्त गर्न अदालतसमक्ष माग गरेको हुन्।
भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनको घटनासँग सम्बन्धित अनुसन्धान गर्न शनिबार बिहान भक्तपुरबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
प्रकाशित: १५ चैत्र २०८२ १५:०० आइतबार