राजनीति

जेनजी जनविद्रोह तुहाउने षड्यन्त्र भइरहेको छ : अध्यक्ष साह

फाइल तस्बिर

आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले ऐतिहासिक जेनजी जनविद्रोहलाई यथास्थितिमा तुहाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन्।

आज पार्टीको केन्द्रीय कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष साहले राज्यको बेइमानी र प्रतिक्रियावादी शक्तिको घेराबन्दीका कारण मुलुक गम्भीर सङ्कटतर्फ धकेलिँदै गएको बताए।

भ्रष्टाचार, बेथिति र दलीय अत्याचार मौलाउँदै जाँदा जनआन्दोलन कमजोर पार्ने प्रयास भइरहेको उनले उल्लेख गरे।

बैठकमा समसामयिक राजनीति, सङ्गठन सुदृढीकरण, आगामी कार्ययोजनाबारे छलफल भइरहेको पार्टीका प्रवक्ता चन्द्रभूषण साहले जानकारी दिए।

प्रकाशित: ९ पुस २०८२ १८:४८ बुधबार