राजनीति

राम्रा उम्मेदवारलाई मतदान गर्नुहुन्छ भन्ने विश्वास लिएको छु: राजेन्द्र लिङ्देन

फाइल तस्बिर।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने अर्थतन्त्र सुधार गर्ने बताएका छन्।

आज मकवानपुरको बकैया ४ जुरेलीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्दै देशमा रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले पछिल्लो पाँच वर्षमा प्रतिनिधिसभामा एक्लै भए पनि राष्ट्रियता र जनताको हितमा वकालत गरेको बताए। देश बचाउने अभिभारा अब जनताको काँधमा आएको उनको भनाइ छ।

उनले सबै राजनीतिक दल एकातिर र राप्रपा अर्को तिर रहेको भन्दै बताउदै राप्रपाका उम्मेदवारलाई मतदान गरी देश बचाउन आग्रह गरे। राप्रपा जनजातिप्रति अनुदार छ भनेर भ्रम फैलाइएको बताउँदै उनले आफू जनजाति कै छोरा भएको र जनताले पत्याए प्रधानमन्त्री भएर मुलुकलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित: २४ कार्तिक २०७९ १६:२० बिहीबार