राजनीति

निर्वाचन आयोगप्रति रावलको व्यंग्य: शीर्ष नेतालाई अहिले नै विजयी घोषणा गरिदिए कसो होला?

नेकपा (एमाले)का नेता डा. भीम रावलले निर्वाचन आयोगप्रति लक्षित गर्दै एक प्रश्न गरेका छन्।

नेता रावलले सामाजिक सञ्जाल ट्विटरमार्फत् व्यंग्य गर्दै आयोगलाई प्रश्न गरेका छन्, ‘कसैलाई मतदान गरौं वा नगरौं भन्न नपाइने भए निर्वाचन आयोगले 'शीर्ष' ठानेका नेताहरूलाई अहिले नै 'विजयी' घोषणा गरिदिए कसो होला? यद्यपि आयोगको भनाई नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हक विरूद्ध छ।’

आयोगको भनाइ नेपालको संविधानको धारा १७ को विचार र अभिव्यक्तिको स्वतन्त्रता र १९ को सञ्चारको हकविरूद्ध रहेको रावलको दाबी छ।

प्रकाशित: ९ कार्तिक २०७९ ०५:०२ बुधबार

नेकपा (एमाले)का नेता डा. भीम रावल