मोरङ कारागार मतदान केन्द्रमा ९५ मत खसेको छ। १ सय ४२ मतदाता भएको उक्त केन्द्रमा ९५ मत मात्रै खसेको मतदान अधिकृत तथा मोरङ कारागारका प्रमुख गौरव ढुंगेलले जानकारी दिए।
मतदान गर्नेहरूमा ९२ जना पुरुष र तीन जना महिला छन्। मोरङ कारागारमा १ सय ३८ पुरुष र चार जना महिला मतदाता छन्। मतदाता नामावलीमा नाम दर्ता भए पनि मतदानका लागि आवश्यक कागजपत्रहरू नहुँदा एक महिलासहित ४४ जना पुरुषले मतदान गर्न नपाएको ढुंगेलले बताए।
कागजपत्र पुर्याएको अवस्थामा अन्यले पनि मतदान गर्न पाउने उनले बताए। यस्तै निर्वाचनमा खटिएका दुई जना कर्मचारीले भने मतदान गर्न बाँकी रहेको ढुंगेलले जानकारी दिए।
प्रकाशित: २१ फाल्गुन २०८२ १४:३८ बिहीबार