राजनीति

गठबन्धनको बैठक: राष्ट्रपतिको कदमबारे छलफल हुने

सत्तारुढ गठबन्धनको बैठक बस्दैछ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा अहिले केहीबेरमा बस्न लागेको हो।  

आजको बैठकमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेको विषयबारे छलफल हुने बताइएको छ। संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक राष्ट्रपति विधादेवी भण्डारीले प्रमाणीकरण गर्न अस्वीकार गरेकी छन्।

त्यस्तै बैठकमा आगामी निर्वाचनको सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ।

प्रकाशित: ५ आश्विन २०७९ ०२:३२ बुधबार

सत्तारुढ गठबन्धनको बैठक