राजनीति

संविधान जलाएर विरोध गर्ने जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ (तस्बिरसहित)

संविधान दिवसको दिन संविधान जलाएर विरोध गर्ने राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चाका कार्यकर्ता प्रकाउ परेका छन्।

सोमबार माइतीघर मण्डलामा मोर्चाका कार्यकताले संविधान जलाएका थिए।  ३ असोज ०७२ मा जारी संविधान र दिनलाई कालो दिन र संविधान भन्दै मोर्चाले संविधान जनाएको हो। संविधानले संघीय गणतान्त्रिक व्यवस्था, धर्मनिरपेक्षलाई संस्थागत गरेको भन्दै मोर्चाले कालो संविधानको संज्ञा दिएको छ।  

संविधान जलाउने क्रममा प्रहरी र प्ररदर्शनकारीबीच झडप भएको छ। प्रहरीले केही आन्दोलनकारीलाई पक्राऊ पनि गरेको छ। 

प्रकाशित: ३ आश्विन २०७९ ०७:३८ सोमबार

राष्ट्रिय संयुक्त जनआन्दोलन मोर्चा