राजनीति

फुटपाथ व्यवसायीद्वारा काठमाडौं महानगर घेराउ

फुटपाथ व्यवसायीले काठमाडौं महानगर घेराउ गरेका छन्। बिहीबार र्‍यालीसहित आएका व्यवसायीहरुले  फुटपाथ र साना व्यवसायीलाई विकल्प नदिई हटाएको भन्दै महानगरपालिकाको कार्यालय घेराउ गरेका हुन्।

महानगरले विधि र कानुन प्रकृया विपरित निर्माण भएको संरचना हटाउने अभियान सञ्चालन गरिरहेको र त्यहि क्रममा  निम्न वर्गीय श्रमिकहरुको सामान कब्जा गर्ने,श्रमिकहरुलाई हातपात गर्ने तथा गिरफ्तार गर्ने जस्ता अमानवीय व्यवहार गरेकोले घेराउ गरिएको उनीहरुले बताएका छन्।  

विकल्पको व्यवस्थानै नगरी श्रमिकहरुलाई व्यरोजगार बनाएको उनीहरुले बताएका छन्। 

पछिल्लो समय काठमाडौं महानगरले अनाधिकृत रुपमा बनाइएको संरचनाहरु हटाउने अभियान चलाइरहेको छ।

प्रकाशित: ३० भाद्र २०७९ ०६:५९ बिहीबार

काठमाडौं महानगर फुटपाथ व्यवसायी