राजनीति

संविधान दिवसको अवसरमा एमालेले पदयात्रा गर्ने

नेकपा (एमाले)ले संविधान दिवसको सातौं वर्षगाँठका अवसरमा असोज १ गते काठमाडौँमा पदयात्रा (वाकाथन २०७९) आयोजना गर्ने भएको छ।

शनिबार काठमाडौँमा हुने पदयात्रा (वाकाथन २०७९) को नेतृत्व नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। ओली आफैं नयाँ बानेश्वरदेखि बसन्तपुरसम्म पैदल हिँड्नेछन् भने काठमाडौँको कालीमाटी, लैनचौर, मैतिदेवी, कुपण्डोलको स्थानबाट पनि पदयात्रा हुनेछ।

संविधानको सात वर्षे यात्रा, युवा सँग-सँगै पदयात्रा भन्ने मुल नारा का साथ पदयात्रा गर्ने लागेको हो। असोज १ गते शनिबार बिहान पौने ७ बजेबाट सुरु हुने पदयात्रामा सहभागी हुन एमालेले सबैमा आह्वान गरेको छ।

प्रकाशित: २९ भाद्र २०७९ ११:०० बुधबार

नेकपा (एमाले) संविधान दिवस काठमाडौँमा पदयात्रा (वाकाथन २०७९) आयोजना नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली