राजनीति

मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरियो,घटनाबारे सत्य तथ्य बुझेर बोलौं: पर्यटनमन्त्री श्रेष्ठ

फाइल तस्बिर

संस्कृति, पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले छाँया सेन्टरमा भएको घटनाबारे प्रतिकृया दिएका छन्।  

सोमबार मन्त्री श्रेष्ठले सामाजिक सञ्जाल मार्फत छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका हुन्।  

उनले लेखेका छन्,'छाँया सेन्टरमा भएको घटनाबारे पब्लिकबाट आएका प्रतिकृयामा मेरो गम्भीर ध्यानाकर्षण भएको छ। पब्लिकको प्रतिकृया स्वभाविक छ, तर त्यो घटना लाइनमा नबसेर भएको नभई म र मेरो सेक्युरिटीमाथि दुर्व्यवहार गरिएकोले सेक्युरिटीले आफ्नो निकायमा जानकारी गराएको हो। घटनाबारे सत्य तथ्य बुझेर मात्र प्रतिकृया दिन सबै नेता र मन्त्री खराब हुन् भन्ने भाष्य निर्माण गर्ने षडयन्त्रप्रति चनाखो हुन आग्रह गर्दछु।'

प्रकाशित: २० भाद्र २०७९ ०३:२१ सोमबार

संस्कृति पर्यटन तथा नागकिरक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ