राजनीति

समानुपातिक निर्वाचनलाई सय दलले पाए चुनाव चिन्ह

एकल चुनाव चिन्हमा ५ समूह

निर्वाचन आयोगले आगामी प्रतिनिधि सभाको  समानुपातिक निर्वाचन प्रणालीमा  कायम भएका १०० राजनीतिक दललाई  ९३ वटा निर्वाचन चिन्ह प्रदान  गरेको छ ।  निर्वाचन अधिकृतको कार्यालयबाट जारी गरिएको अनुसूची-१० (दफा ११ सँग सम्बन्धित) को सूचनाअनुसार  राजनीतिक दलले आ-आफ्नो चुनाव चिन्ह प्राप्त गरेका हुन् ।  

प्रमुख ठूला  राजनीतिक दल  नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) ले सूर्य, नेपाली काँग्रेस ले रूख, राष्ट्रिय स्वतन्त्र पार्टी ले घण्टी, र राष्ट्रिय प्रजातन्त्र पार्टी ले हलो चिन्ह सहित साविक चिन्ह  प्राप्त गरेका छन्।

एकल चुनाव चिन्हका रुपमा नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, नेपाल जनजागृति पार्टीले एकल चुनाव चिन्ह  बस´ , राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल ले `चकिया (जाँतो)´ , नेपाल कम्युनिष्ट पार्टी (मार्क्सवादी), नेपाल कम्युनिष्ट पार्टीले `कोदालो´ , आम जनता पार्टी, जनादेश पार्टी नेपालले  मोबाइल´ , सचेत नेपाली पार्टी, नागरिक सर्वोच्चता पार्टी नेपालले ` जगर भएको सिंह´  प्राप्त गरेका छन्।

प्रकाशित: २६ मंसिर २०८२ १९:२५ शुक्रबार