राजनीति

चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना छैन: अध्यक्ष दाहाल

फाइल तस्बिर।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चुनावअघि बाबुराम भट्टराईसँग एकताको सम्भावना नरहेको बताएका छन्।

शुक्रबार गोरखाको एक कार्यक्रममा बोल्दै दाहालले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकता नहुने बताए।

उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुराम जी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो।’

प्रकाशित: ३ भाद्र २०७९ ११:४२ शुक्रबार

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'