राजनीति

कांग्रेसका उम्मेदवारलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको छ: प्रदिप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले आगामी निर्वाचनमा कांग्रेसका उम्मेदवारहरुलाई कसरी बलियो बनाउने भन्ने विषयमा सोच्ने समय आएको बताएका छन् ।

उनले भने, 'टिकट वितरणदेखि उम्मेदवारलाई विजयी गराउनेसम्मको मार्गचित्र अहिले देखिनै बनाउनुपर्छ।' देशलाई स्थिर सरकार दिनका लागि पनि पदाधिकारीहरु जिम्मेवार भएर प्रस्तुत हुनुपर्ने उनको भनाइ थियो।

फरक प्रसंगमा बोल्दै पौडेलले कांग्रेसका भातृ संस्थाहरुले साउन महिना भित्रै पूर्णता पाउने बताए। तत्काल आम निर्वाचनको मिति तोकिएकाले सबै निर्वाचन केन्द्रित हुने भन्दै उनले निर्वाचन पछि भातृ संस्थाहरुको अधिवेशन हुने बताए। उनले भने,'भातृ संस्थाहरुले पूर्णता पाउँछ। अनि निर्वाचनमा जान्छन्। भातृ संस्थाको अधिवेशन निर्वाचन पछि मात्रै होला।'

प्रकाशित: २१ श्रावण २०७९ ०७:१३ शनिबार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल