राजनीति

मोर्चाले गरायो लहान बजार बन्द

लहान–पसलको सटर खोलेर व्यपार गर्ने लहानका व्यपारीको एक महिनादेखिको दैनिकी सोमबारबाट परिवर्तन भएको छ।सोमबार व्यपारीले पसल खोलेको केही घण्टामै मधेसी मोर्चाले माइकिङ गर्यो 'आ–आफ्नो पसल बन्द गरेर सशक्त आन्दोलनलाई सहयोग गर्नुस्'। यो माइकिङ सुन्ने बित्तिकै धमाधम सटर झर्न थाल्यो। केही बेरमै सम्पूर्ण पसल बन्द भए ।

लहानका एक व्यपारीले भने, 'चार महिना बढी भैसक्यो व्यपार बन्द गरेर मधेस आन्दोलनलाई सहयोग गरेकै छौं।' पसल बन्द हुँदा आर्थिक मार त परिहाल्छ,' उनले थपे, 'मधेसका लागि भैरहेको आन्दोलनमा समर्थन गर्ने हाम्रो पनि दायित्व हो।'

लहानको बजार बन्द भएपनि सिरहाकै मिर्चैया बजार भने खुल्ला छ । छिमेकी जिल्ला सप्तरीको राजविराज बजार पनि खुल्ला छ। लहानमा मोर्चाले ट्रयाक्टर सञ्चाल गर्न छुट दिएको छ । तर स्कुल बस बन्द गराएको छ ।

प्रकाशित: ७ पुस २०७२ ०३:२८ मंगलबार