राजनीति

बरु एक वर्ष जेल बस्छु, इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ: भीम रावल

 नेकपा एमालेका सांसद भीम रावलले आफूले इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने बताएका छन्।

बुधबार संसद्को राज्य निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको छलफलमा बोल्दै रावलले इम्बोस्ड नम्बर प्लेट नराख्ने स्पष्ट पारेका हुन्।

उनले भने, 'म इम्बोस्ड नम्बर हाल्दै हाल्दिनँ। बरु सरकारले एक वर्ष जेल हाल्ने भनेको छ हालोस्। म एक वर्ष जेल जान तयार छु।'

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी दर्ता नवीकरण गर्नेले, नयाँ दर्ता गर्ने र सरकारी सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरेको छ। बुधबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादव नै उपस्थित नभएपछि बैठक भने बस्न सकेन। समितिले मन्त्रीलाई उपस्थित गराएर मात्र छलफल गर्ने पनि बताएको छ।

प्रकाशित: ८ असार २०७९ १४:३४ बुधबार