राजनीति

भोजपुरमा निकालियो सद्भाव र्‍याली

भोजपुर– संविधान जारी भएको खुसियालीमा भोजपुरमा सद्भाव र्‍याली निकालिएको छ।


 

सोमबार बिहान स्थानीय शान्ति समितिको नेतृत्वमा आइतबार जारी भएको संविधानको स्वागत गर्दै सद्भाव र्‍याली निकालिएको हो। अन्र्तराष्ट्रिय शान्ति दिवसको अवसर पारेर निकालिएको र्‍यालीमा राजनीतिक दल, नागरिक समाज, उद्योगी, ब्यापारी, सरकारी कार्यालयका प्रतिनिधिहरुको सहभागिता थियो।

सद्भाव र्‍याली लोकतान्त्रिक गेटबाट शुरु भएर बजार परिक्रममा गरेको थियो। संविधान जारी भएसँगै भोजपुरमा आइतबार बेलुका दिपावली समेत गरिएको थियो।

प्रकाशित: ४ आश्विन २०७२ ००:०३ सोमबार