राजनीति

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश

अभिनेता भुवन केसी र अभिनेत्री श्वेता खड्का कांग्रेसमा प्रवेश गरेका छन्। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित एक कार्यक्रमका बीच केसी, खड्कासँगै कलाकार संघका अध्यक्ष रवीन्द्र खड्का पनि कांग्रेसमा प्रवेश गरेका हुन्।

उनीहरुलाई अभिनेता निर शाह लगायतले कांग्रेसमा प्रवेश गराउनका लागि पहल गरेको बताइएको छ। कांग्रेसमा प्रवेश गरेका सबै कलाकारलाई प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा स्वागत गरेका छन्।

स्थानीय निर्वाचनको मुखमा कलाकारहरूलाई पार्टीमा प्रवेश गराउँदै देउवाले कलाकार देशको गहना भन्दै पार्टीले पनि उचित जिम्मेवारीसहित सम्मान गर्ने आश्वासन दिएका छन्।

प्रकाशित: २० वैशाख २०७९ ०६:०८ मंगलबार

अभिनेता भुवन केसी अभिनेत्री श्वेता खड्का कांग्रेस