राजनीति

जसपाबाट निर्वाचित उपमेयरले गरिन् एमालेमा प्रवेश

रौतहटको बौद्धिमाई नगरपालिकाकी उपमेयर एमालेमा प्रवेश गरेकी छिन्। जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित बौद्धिमाई नगरपालिकाकी उपमेयर प्रेमलता कुशवाहा शुक्रबार नेकपा एमालेमा प्रवेश गरेकी हुन्।

रौतहटको मौलापुर नगरपालिकामा नेकपा एमालेद्वारा आयोजित शुभकामना आदानप्रदान तथा भेटघाट कार्यक्रममा उपमेयर कुशवाहाले जसपा नेपाललाई परित्याग गरी एमालेमा प्रवेश गरेको घोषणा गरेकी छिन्।

उपमेयर कुशवाहालाई नेकपा एमालेका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री प्रभु साहले पार्टीमा स्वागत गरेका छन्। मौलापुर नगरपालिका प्रमुख मेयर रिनाकुमारी साहले उपमेयर कुशवाहालाई पार्टीमा स्वागत गर्दै सँगै मिलेर महिला हकहितको लागि सहकार्य गर्न आग्रह गरेकी छिन्।

प्रकाशित: २ वैशाख २०७९ १२:३१ शुक्रबार

रौतहट बौद्धिमाई नगरपालिका जनता समाजवादी पार्टी नेपाल प्रेमलता कुशवाहा