राजनीति

निर्वाचनका लागि कालीकाेटमा खटिए ७६० कर्मचारी

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कालीकाेटमा ७ सय ६० जना कर्मचारी खटिएका छन्।

एक सय २७ वटा मतदान केन्द्रमा ७ सय ६० जना कर्मचारी परिचालन हुने मुख्य निर्वाचन अधिकृत कलप्रसाद दाहालले बताए। निर्वाचन सामग्रीसमेत कालीकाेटमा पुगिसकेको उनको भनाइ छ।

फागुन १३ देखि १४ गते निर्वाचनमा खटिने कर्मचारीहरूलाई प्रशिक्षणको कार्यतालिका राखिएको छ।

कालीकाेटमा ८४ हजार ६ सय ४६ जना मतदाता रहेका छन्।

कालीकाेटमा सुरक्षाका हिसाबले ७४ वटा मतदानस्थल अतिसंवेदनशील रहेका छन्।

प्रकाशित: ११ फाल्गुन २०८२ १८:१२ सोमबार