राजनीति

एमसीसी व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो: महासचिव पोखरेल

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसीसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाएका छन्।

प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त घोषणाले जनतालाई भ्रमित बनाएको र यसको कुनै अर्थ पनि नरहेको उल्लेख गरे। महासचिव पोखरेलले  सभामुख अग्नि सापकोटा राजनीतिक पूर्वाग्रही बनेको आरोप लगाए। 

प्रकाशित: १९ फाल्गुन २०७८ १०:२७ बिहीबार

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेल एमसीसीको व्याख्यात्मक घोषणा