राजनीति

प्रधानन्यायाधीशविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाका सांसदहरूले प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका हुन्।

मन्त्रिपरिषदमा भागबन्डा खोजेकोलगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एसोसिएसनले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ। प्रस्तावमाथि ९८ जना सांसदले हस्ताक्षर गरेका छन्। महाभियोग प्रस्ताव लिएर पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापालगायत सांसद संसद् सचिवालय पुगेका थिए।

प्रकाशित: १ फाल्गुन २०७८ ०५:५६ आइतबार

संसद् सचिवालय प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा