राजनीति

वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवारी नदिने

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै प्यानलसहित सभापतिमा उम्मेदवारी दर्ता गर्ने भएपछि वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन्।

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने तयारीमा रहेका उनी पछि हटेका हुन्। वरिष्ठ नेता पौडेल निकट स्रोतका अनुसार पूर्वमहामन्त्री सिंहले सभापति पदमा उम्मेदवारी दिने भएपछि उनी पछि हट्ने मनसायमा पुगेका हुन्।

प्रकाशित: २५ मंसिर २०७८ ०७:२० शनिबार

पूर्वमहामन्त्री प्रकाशमान सिंह